राजविराज नगरपालिकाको संक्षिप्त परिचय

राजविराज नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको  प्रदेश नं. २ अन्तर्गतको सप्तरी जिल्लामा पर्ने एक स्थानीय तह हो ।
यो नगरपालिकाको नाम प्राचीन राजदेवी मंदिरसँग जोडिएको छ राजदेवी माँता यस भुमिमा विराजमान रहेको मान्यता अनुरुप यस नगरपालिकाको नाम राजविराज राखिएको हो । यो नगरपालिकाले नेपालको आधुनिक इतिहासमा एक सक्रिय राजनितिक शहरको रुपमा रहदैआएको छ । यस क्षेत्रका केही व्यक्तिहरु देशको प्रसिद्द प्रभावशाली व्यक्तित्वहरुको रुपमा रहदै आएको छ ।
यो नगरपालिकाको क्षेत्रफल ५५.० वर्ग कि. मि. र  ६९,८०३ जनसंख्या रहेको छ । यो जिल्लाको सबै भन्दा पुरानो नगरपालिकाको साथ साथै सगरमाथा अञ्चल र सप्तरी जिल्लाको सदरमुकाम रहेको थियो । यो नगरपालिका नेपालको प्रदेश नम्बर २ को दक्षिणी-पूर्वी क्षेत्रमा रहेको छ । राजविराज नगरपालिका, नगरकार्यपालिकाको कार्यालय राजविराज वडा नं. ७ मा जिल्ला अदालत तथा  भगवती मन्दिर  सँगै रहेको छ । राजविराज शहर व्यवस्थित रुपमा ई.स. १९३८ मा भारतको जयपुर बजारको डिजाइन अनुसार बनाईएको हो । राजविराज नगरपालिका जिल्ला सप्तरीको झण्डै मध्य भागमा अवस्थित छ । यो शहरलाई बि.स. २०१६ सालमा मा नगरपालिका घोषणा गरिएको थियो । साविकको राजविराज नगरपालिका, गा.वि.स.हरु (मलेठ, दिघवा, फर्सेठ, बिष्हरिया, देउरी भरुवा) र केही गा.वि.स.को वडाहरु (हरिपुर-६, को. मध्येपुरा ४-७, बोरिया ३-७) लाई सामावेश गरी हाल १६ वटा वडाहरु यस नगरपालिकामा रहेको छ ।राजविराजको दुरी नेपालको केन्द्रीय राजधानी शहर काठमान्डौंबाट मुंग्लिन बजार-भरतपुर-हैटौडा-पथलैया-मिर्चैया-लहान-रुपनी हुदै ४५७ कि.मि. पर्दछ भने काठमान्डौबाट अरनिको राजमार्गको सानोठिमी - वनेपा - धुलिखेल र बि. पि. राजमार्गको–धुलिखेल- नेपालथोक - खुर्कोट -  सिन्धुलीमाढी- बर्दिवास र महेन्द्र राजमार्गको ढल्केवर - मिर्चेया - लहान - रुपनी हुदै २९७ कि. मि. पर्दछ , महेन्द्र राजमार्गको रुपनी  खण्डबाट १० कि.मि. दक्षिणमा राजविराज रहेको छ । राजविराज नगरपालिका देखि भारत को कुनौली बजार ११ कि. मि. दक्षिणमा पर्दछ ।

Work NCB 04/075/76 बोलपत्र रद्द गरिएको सूचना

बोलपत्र रद्द गरिएको सूचना : यस नगरपालिकाले मिति २०७५/१०/२३ गते नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित Main Road Upgrading Work Rmun/Saptari/Work/NCB 04/075/76 को बोलपत्र यस नगरपालिकाको मिति २०७५/११/८ गतेको निर्णय अनुसार बिशेष कारणवस  रद्द गरिएको हुँद

गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराज परिसर भित्र नर्सिंङ कलेज निर्माण सम्बन्धी शिलबन्दी बोलपत्रको सूचना

बिभिन्न कार्यको लागि शिलबन्दी बोलपत्र वा इलेक्ट्रोनिक बोलपत्र सम्बन्धी सूचना

धरौटी फिर्ता माग गर्न आवश्यक पर्ने कागजात सम्बन्धमा