ताजा खबर
समूह गठन र समूहको नविकरण सम्बन्धी सूचना
यस नगरपालिका अन्तर्गत कृषि शाखाले कृषि पेशालाई व्यवस्थित र सुदृढिकरण गर्न कृषक समूह गठन र कृषक समूहको नविकरण गर्न मिति २०७५/०७/०७ गते देखि मिति २०७५ मंसिर मन्सान्त भित्र रा. वि. न. पा. को कृषि शाखाले गर्ने भएकोले सबैमा जानकारीको लागि अनुरोध छ ।
1. समूह गठनका लागि चाहिने आवश्यक कागजातहरुः
- समूह गठन निर्णयको फोटोकपी
- समूहमा रहेको व्यक्तिहरुको नागरिकता फोटोकपी
- वडा कार्यालयको सिफारिस
- समूहको विद्यान तीन प्रति
- न.पा.को दस्तुर रु. २००/- को नगदी रसिद
२. नविकरणको लागि आवश्यक कागजातहरुः
- निवेदन र विद्यानको फोटोकपी एक प्रति
- सक्कलै प्रमाणपत्र
- न.पा.को दस्तुर रु. १००/- को नगदी रसिद