ताजा खबर
टाँगा, रिक्सा,अटो रिक्सा र ई–रिक्सा बाहेक सवारी कर सम्बन्धी सूचना
सुचना । सुचना ।। सुचना ।।।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६४ बमोजिम टाँगा, रिक्सा,अटो रिक्सा र ई–रिक्सा बाहेक सवारी कर को दर निर्धारण तथा संकलन प्रदेशले गर्ने भन्ने उल्लेख भएको हुँदा आ.व. २०७५।०७६ देखी यस नगरपालिकाले सवारी कर नलिने/ठेक्का नलगाउने भएको हुँदा कसैले पनि कुनै पनि प्रकारको सवारी कर अन्य व्यक्ति, संस्थालाई नबुझाउनु हुन जानकारी गराईन्छ । टाँगा, रिक्सा, अटो रिक्सा र ई–रिक्साको करका दर निर्धारण तथा संकलन नगरपालिका स्वयंले गर्ने व्यहोरा पनि सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।