ताजा खबर
स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार
विश्व स्तनपान सप्ताह - २०७७ श्रावण १७ - २३ गते
‘‘ स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार ’’
‘‘Support breastfeeding for a healthier planet’’
स्तनपान सम्बन्धी महत्वपूर्ण सन्देशहरु:
-
आमाको दुध शिशुका लागि अमृत समान हो ।
-
शिशु जन्मेको एक घण्टाभित्रै आमाको दुध चुसाउनु पर्दछ ।
-
आमाको पहेलो बिगौती दुध शिशुका लागि पहिलो खोप हो ।यसमा रोगसँग लड्न सक्ने तत्वहरु हुन्छन् ।
-
शिशुलाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्दछ । शिशुलाई चाहिने पानी समेत दुधमा नै हुने हुनाले ६ महिनासम्म आमाको दुध बाहेक पानी पनि खुवाउनु हुदैन ।
-
शिशु ६ महिना पुरा हुनासाथ आमाको दुध साथसाथै पोषिलो थप आहार खुवाउन थाल्नु पर्दछ र कम्तिमा २ बर्षसम्म थप आहारका साथै स्तनपान पनि निरन्तरता दिइरहनु पर्दछ ।
-
स्तनपान गराउने आमाहरुको स्तन र पाठेघरमा क्यान्सर हुने सम्भावना पनि धेरै कम हुन्छ ।
-
पूर्ण स्तनपान गराएका बच्चाहरुको दिमागि क्षमता पूर्ण स्तनपान नगराएको भन्दा तीक्ष्ण हुने अध्ययनहरुले प्रमाणित गरेका छन् ।
-
स्तनपान गर्न नपाएका शिशुहरु पछि गएर झगडालु स्वभावका हुने, अरुसँग घुलमिल गर्न नसक्ने र अपराधिक कार्यहरुमा लाग्ने संभावना बढि हुने कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ ।